पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

कांग्रेसका सभापति देउवा र आरजु पुगे नेपाल निवास

२०८० फाल्गुन २३, बुधबार ११:११ बजे

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् । आरजु राणा देउवालाई लिएर देउवा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेता नेपाललाई भेट गर्न देउवा पुगेका हुन् ।
भेटमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि रहेका छन् ।
यसअघि मंगलबार बेलुका नेपाल निवास कोटेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका थिए । त्यसलगत्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रवि लामिछाने पनि पुगेको स्रोतले जानकारी दियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले कांग्रेस मन्त्रीहरुलाई बर्खास्त गर्दै नयाँ सरकारको तयारी थालेपछि अहिले राजनीतिक दलहरु भिन्नाभिन्नै छलफलमा जुटेका छन् ।