पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

गाजास्थित शरणार्थी शिविरमा आक्रमण

२०८० चैत्र ७, बुधवार १०:५९ बजे

फाईल तस्वीर

एजेन्सी : इजरायली सेनाले गाजास्थित नुसिराट शरणार्थी शिविरमा आक्रमण गरेको छ । आक्रमणमा परी कम्तिमा २७ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।
आक्रमणमा ठूलो संख्यामा सर्वसाधारण घाइते भएका छन् । घाइतेहरुलाई अल–बालाहको अल–अक्सा सहिद अस्पतालमा उपचारका लागि लगिएको छ ।
यस्तै गाजामा भोकमरीका कारण मृत्यु हुने नवजात शिशुको संख्या बढ्दै गइरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । पोषणको कमीले कम तौलका बच्चा जन्मिरहेका कारण मृत्युको संख्या बढिरहेको गाजाका स्वास्थ्यकर्मीले जनाएका छन् ।
यसैबीच, बेलायतले गाजामा २ हजार टन खाद्यान्न सहयोग पुगेको जनाएको छ । बेलायतले अनुदान दिएको २ हजार टनभन्दा बढी खाद्यान्न सहायता जोर्डन हुँदै गाजामा पुर्याएको हो ।
करिब २ लाख ७५ हजार मानिसलाई खुवाउन सक्ने खाद्यान्न विश्व खाद्य कार्यक्रमले वितरण गर्ने बताइएको छ ।