पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

युएईमा बिशाल हिन्दु मन्दिर निमार्ण, आज मोदीले उद्घाटन गर्ने

२०८० फाल्गुण २, बुधवार ०८:४९ बजे

दुबइ : संयुक्त अरब इमिरेटसमा बनेका हिंदू मंदिरको १४ फरवरीमा भारतको पीएम नरेंद्र मोदी उद्घाटन गर्ने भएका छन । सो मन्दिर निर्माण संस्था बिएपीएसले आफ्नो आधिकारिक टविटर ह्यान्डलबाट भिडियो सेयर गरेको छ । जहाँ यस भिडियोमा मन्दिरको निर्माण कसरी भयो ? भनेर देखाउने प्रयास गरिएको छ ।
मन्दिर निर्माण गर्ने बापिएस स्वामि नारायण संस्थाले हिन्दु मन्दिरको निर्माण निकै तीव्र गतिमा भएको बताएको छ । कोभिडको समयमा मन्दिर प्रशासनले यूएई र भारतबाट अरब इमिरेट्समा धेरै मानिसहरूलाई मद्दत गरेको थियो । मन्दिरको निर्माण सम्पन्न हुनुअघि नै चाडपर्वमा हजारौं मानिस मन्दिर परिसरमा भेला हुन थालिसकेका छन ।
अरब इमिरेट्समा करिब ७०० करोडको लागतमा गुलाबी बालुवा र सेतो संगमरमरले हिन्दू मन्दिर निर्माण गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो मन्दिरको उद्घाटन १४ फेब्रुअरीमा गर्ने छन् । उदघाटन अघि मन्दिरमा विभिन्न अनुष्ठान गरिने छ ।

यो मन्दिर सुरुमा अरब इमिरेट्सको अबु मुरिखा क्षेत्रमा ५.४ हेक्टर जमिनमा बनाइएको थियो । मन्दिर परिसरलाई पछि सामुदायिक हल र पार्किङ क्षेत्रहरू समावेश गर्न १० हेक्टरमा विस्तार गरिएको थियो। मन्दिरमा स्थापित सबै मूर्तिहरू हातले बनाएर कोरिएका छन् ।
एक समाचार अनुसार मन्दिर निर्माण गर्ने बिएपिएस स्वामि नारायण संस्थाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख स्वामी ब्रह्मविहारीदासले भने, ‘सद्भाव र सहिष्णुता युएईको आत्मा हो।’ उनका अनुसार सो मन्दिरले दुई देशबीच शान्ति प्रवर्द्धन गर्ने बताए । यो यूएई र भारत बीचको घनिष्ठ सम्बन्धको प्रतीक पनि हुने उनको भनाइ छ ।
यस मन्दिरको शिलान्यास सन् २०१८ मा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए, अब उनले नै यस मन्दिरको उद्घाटन पनि गर्नेछन् । सो हिन्दू मन्दिरको उचाइ १०८ फिट रहेको बताइएको छ । मन्दिरमा ४० हजार घनमिटर संगमरमर र १ लाख ८० हजार घनमिटर बालुवा ढुङ्गा प्रयोग गरिएको छ । मन्दिर वैदिक वास्तुकलाको आधारमा डिजाइन गरिएको हो ।