पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

बृन्दावन नगरपालिकाले तिरेन बिजुलीको करोडौं महसुल

२०८० श्रावण १५, सोमवार २१:११ बजे

रौतहट–रौतहट जिल्लाको बृन्दावन नगरपालिकाले बिजुलीको महसुल नतिरेर आलटाल गरेको छ ।
सो नगरपालिकाले सडक बत्तिको मात्र एक करोड ४८ लाख ९६ हजार १ सय ५९ रुपैया २७ पैसा नतिरेको नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धिरेन्द्र यादवले जानकारी दिए ।  उनका अनुसार सो नगरपालिकाले सडक बत्तिको मात्र नभएर बिगत लामो समय देखी कार्यालयको समेत महसुल नतिरेको जानकारी दिएका छन् । बृन्दावन नगरपालिकाको कार्यालय बिजुलीको महसुल ७४ हजार २ सय ९२ रुपैया समेत तिरिएको छैन । नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुरले सो पैसा तिर्नका लागि पटक पटक ताकेता गरेको भएपनि नगरपालिकाले पैसा तिर्ने तर्फ कुनै चासो नदिएको नलिएको बिद्युत प्रधिकारण चन्द्रपुर शाखाले जानकारी दिएका छन् । 
समयमा बिजुलीको महसुल नबुझाउदा व्याज बढदै जाने र नगरपालिकालाई भार थपिदै जाने छ । ताकेता गर्दा नगरपालिकाले सडक बत्तिको पैसा नतिरेका कारण नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाले बृन्दावन नगर क्षेत्रका सडक बत्ति र त्यसको तर काटने तयारी गरेको छ । नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाले बृन्दावन नगरपालिकाको कार्यालयको समेत बिजली काटने तयारी गरेको सो कार्यालयले जनाएको छ । सडक बत्तिको पैसा समयमा नतिर्ने नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखा मातहतका पाँच वटा पालिकाको समेत बिजुलीको लाईन काटने तयारीमा आफुहरु रहेको कार्यालय प्रमुख यादवले जानकारी दिएका छन् ।