पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

सत्ता–गठबन्धनमा मन्त्रालय भागबन्डाका लागि छलफल सुरु

२०८० फाल्गुण २२, मङ्गलवार ०८:१० बजे

काठमाडौं : नयाँ सत्ता–गठबन्धनमा मन्त्रालय भागबन्डाका लागि छलफल सुरु भएको छ । मन्त्रालयको टुंगो लगाउन मंगलबार दिउँसो २ गठबन्धनको बैठक बस्न लागेको छ ।
गठबन्धनबाट नेकपा एमालेका शंकर पोखरेल, माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र जनता समाजवादीका राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन् ।
पुरानो गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरी ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।
सोमबार एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले बिनाविभागीय मन्त्रीको शपथ खाएका थिए ।