पाठशाला न्यूज
 २०८१ बैशाख १९, बुधबार    

आगामी तीन दिनको मौसम यस्तो छ ?

२०८० फाल्गुन ५, शनिबार ०८:३१ बजे

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ । त्यस्तै, देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराइका केही स्थानमा हल्का हुस्सु लागिरहेको छ ।
महाशाखाका अनुसार आगामी तीन दिनको मौसम यस प्रकार छ ।
२०८० फाल्गुन ०५ गते (शनिबार)
दिउँसोः कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०८० फाल्गुन ०६ गते (आइतबार)
दिउँसोः देशको पहाडी भू–भागमा आंशिक देखि मुख्यतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको संभावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भू–भागमा आंशिक देखि मुख्यतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको संभावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०८० फाल्गुन ०७ गते (सोमबार)
दिउँसोः सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि मुख्यतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि मुख्यतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध गरिएको छ ।