पाठशाला न्यूज
 २०८१ बैशाख २६, बुधबार    

लोसपाले बोलायो पदाधिकारी बैठक

२०८० फाल्गुन २६, शनिबार १०:२६ बजे

फाईल तस्वीर

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको छ । केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न शनिबार बैठक बोलाएको महासचिव डा. सुरेन्द्रकुमार झाले जानकारी दिए ।
बैठकले पार्टीको संरचना, संगठन विस्तार, विधान, भ्रातृ संगठन र राजनीतिक दस्तावेज लगायतका विषयमा छलफल गर्ने झाले बताए ।
फागुन ३० देखि चैत २ गतेसम्म महोत्तरीमा केन्द्रीय समिति बैठक बोलाइएको छ । पार्टीको संगठन सुदृढीकरण, विधान संशोधन, राजनीतिक दस्तावेज लगायतका विषयमा प्रतिवेदन लेख्न यसअघि नै लोसपाले कार्यदल गठन गरेको थियो। कार्यदलले काम गरिरहेको छ ।
फागुन ३० देखि चैत २ गतेसम्म महोत्तरीमा पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको छ ।