पाठशाला न्यूज
 २०८१ आषाढ १७, सोमवार    

इरानी राष्ट्रपति रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा

२०८१ जेष्ठ ८, मङ्गलवार १७:१४ बजे

काठमाडौं- इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा भेला भएका छन् । राईसीको आइतबार हेलिकप्टर दुर्घटनामा निधन भएको हो । इरानले देशमा पाँच दिने शोकको घोषणा गरेको छ ।

राईसीको पार्थिव शरीरलाई बिहीबार साँझ उनको जन्मस्थल मशहदमा दाहसंस्कार गरिने छ । इरानमा रायसीलाई बिदाइ गर्न धेरै कार्यक्रम आयोजना गरिने छ ।

यी मध्ये पहिलो कार्यक्रम देशको उत्तर-पश्चिमी सहर ताब्रिजमा आयोजना हुँदैछ। राईसीको हेलिकप्टर यहीँ दुर्घटनाग्रस्त भयो । यसपछि रायसीको पार्थिव शरीरलाई धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने कोम प्रान्तमा लगिनेछ । यहाँ शवयात्रा पनि निकालिनेछ ।

त्यसपछि दुर्घटनामा मृत्यु भएका रायसी र इरानी विदेशमन्त्रीको शव राजधानी तेहरान ल्याइनेछ । अर्को कार्यक्रम बुधबार यहाँ हुनेछ । इरानले बुधबार सरकारी बिदा दिएको छ ।