पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

पूर्वी कंगोमा विस्थापितको शिविरमा विस्फोट हुदा ९ जनाको मृत्यु

२०८१ वैशाख २२, शनिवार ०६:५४ बजे

एजेन्सी : युद्धग्रस्त पूर्वी कंगो विस्थापितको शिविरमा विस्फोट हुँदा कम्तीमा नौजनाको मृत्यु भएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार आन्दोलन चल्दै गर्दा विद्रोही र सरकारबीचको लडाइँका क्रममा विस्थापितको झुपडीमा ‘बम’ खसेको थियो ।
शुक्रबारको विस्फोटको उत्पत्ति स्पष्टरूपमा स्थापित भएको छैन तर सरकारका प्रवक्ता प्याट्रिक मुयायाले सामाजिक सञ्जाल एक्समा ‘रुवाण्डा सेना र उसको एम २३ आतंकवादी समर्थकहरू’ विस्फोटका लागि जिम्मेवार रहेको आरोप लगाए ।
किन्सासा, संयुक्त राष्ट्रसंघ र पश्चिमी मुलुकहरूका अनुसार छिमेकी रुवाण्डाले एम २३ लाई समर्थन गरिरहेको छ तर यसलाई किगालीले अस्वीकार गरेको छ ।
आठ वर्षको निष्क्रियतापछि अधिकांश तुत्सी एम २३ विद्रोहीहरूले सन् २०२१ को अन्त्यमा पुनः हतियार उठाएका छन् । उनीहरूले यसको प्रान्तीय राजधानी गोमाबाट करिब ४० किलोमिटर उत्तरपश्चिममा उत्तर किभु प्रान्तको ठूलो हिस्सा कब्जामा लिएका छन् ।
संयुक्त राष्ट्रसंघले सन् २०२३ को अन्त्यमा प्रजातान्त्रिक गणतन्त्र कंगोमा करिब ७० लाख मानिस विस्थापित भएको र यसमा उत्तरी किभुबाट मात्रै २५ लाख मानिस रहेको अनुमान गरेको थियो ।