पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

बि.स.२०८० साल मंसिर २५ गते सोमवार को राशिफल

२०८० मंसिर २५, सोमवार ०८:२७ बजे

बि.स.२०८० साल मंसिर २५ गते, सोमवार ११ डिसेम्बर २०२३ । मार्ग कृष्णपक्ष चतुर्दशी तिथि । विशाखा नक्षत्र, ११ः५२ बजेपछि अनुराधा । चन्द्रराशि वृश्चिक ।
मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ ।अस्वस्थता र कमजोरी अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी आउन सक्छ। अवसरका लागि निकै मिहिनेत गर्नुपर्ला । आकस्मिक खर्च बढ्नेछ, तापनि सहयोग गर्नेहरू भेटिनेछन् । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन । अर्थअभावको समस्याबाट जोगिन समयमा सजग रहनुहोला ।
वृष –TAURUS 
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
फाइदा हेर्दा नाम बिग्रन सक्छ । तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्ला । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । वादविवादमा अघि नसर्नुहोला, मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । अवसरले पछ्याउनेछन् तर काममा केही चुनौती भने आउन सक्छन् ।
मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।
कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । अरूका लागि उपयोग भइनेछ र आफ्नो काम रोकिन सक्छ । आवेशको व्यवहार तथा सानो असमझदारीले समस्या निम्त्याउन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । यात्राको प्रक्रियामै बढी खर्च गर्नुपर्ला । आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
सिंह –LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । आँटेको काम रोकिन सक्छ । नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् ।
तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् । नियमविपरीत बलजफ्ती काम गर्न खोज्दा थप समस्या आउला । खर्च बढ्नेछ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ । विभिन्न अवसर पनि आउनेछन् । तर हठात् निर्णय गर्दा साथीभाइले विश्वास गर्न छाड्नेछन् । खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ ।
धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउनेछ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । काम रोकिनाले थप अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ । लागत र परिणाम अध्ययन नगरी काम थाल्दा समस्या पर्नेछ । यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला ।
मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पहिलेको कर्मफल तथा उठ्नुपर्ने रकम हातलागी हुनेछ । नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ ।
कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द
राम्रो कर्मफल प्राप्त हुनाले उत्साह जाग्नेछ । मिहिनेतले उपलब्धि दिलाउनेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । पछिका लागि विशेष काममा जग बसाउने मौका जुट्नेछ ।
मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन् । नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला । अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ । प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । तर सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। खर्च पनि बढ्न सक्छ ।

(राशिफलले जे–जस्तो भनेपनि तपाईहरुको दिन शुभरहोस् )