पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

२०८० भाद्र २६, मङ्गलवार ०७:३६ बजे

काठमाडौं–आज (मंगलबार) देशभरको मौसम दिनभर सामान्य बदली रहनेछ । दिउँसो कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा र तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।