पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

इराककी टिकटक स्टार सावदीको गोली हानी हत्या

२०८१ वैशाख १६, आइतवार ०८:४१ बजे

बग्दाद : इराककी टिकटक स्टार घुफ्रन सावदी जो उम फहदको नामले पनि चिनिन्थिन् । उनको बग्दादस्थित घरमा गोली हानी हत्या गरिएको छ ।
प्रहरीका अनुसार गत शुक्रबार राति उनको हत्या भएको हो । उनको हत्याको विवरण सर्भिलेन्स क्यामरामा कैद भएको छ । जसमा एक बन्दुकधारी मोटरसाइकलमा गएर गोली हानेको देखिन्छ । सावदीको घटनास्थलमा नै मृत्यु भएको थियो ।
बग्दाद प्रहरीले सो भिडियोको आधिकारिकता प्रमाणित गरेको छ । देशको आन्तरिक मामिलासम्बन्धी मन्त्रीले सो घटनाको छानबिनको लागि विशेषज्ञ टोली खटाइने जनाएका छन् ।
सावदीले पप म्युजिकमा डान्स गरिरहेको भिडियो टिकटकमा सार्वजनिक गर्ने गरेकी थिइन् । इराकी न्यायपालिकाले त्यस खालको भिडियो इराकी समाजमा उपयुक्त नहुने जनाउँदै सावदीलाई ६ महिनाको जेल सजाय समेत सुनाएको थियो । यसअघि अर्का टिकटकमा प्रख्यात व्यक्ति नूर अल्साफरको पनि सेप्टेम्बर २०२३ मा गोली हानी हत्या गरिएको थियो ।
सीएनएन