पाठशाला न्यूज
 २०८१ बैशाख ८, शनिबार    

निर्वाचित संचालक समिति तथा जन प्रतिनिधिलाई सम्मान

२०७९ चैत्र १२, आईतबार १३:०० बजे

दिपु मिश्र
चन्द्रपुर–चन्द्रपुर नगरपालिका वडा नम्बर ९ सिन्दुरेघारी बहुमुखि क्याम्पसले नव निर्वाचित संचालक समिति तथा जन प्रतिनिधिलाई प्रमाण पत्र र सम्मान पत्र वितरण गरेको छ ।
आईतबार सिन्दुरेघारी बहुमुखि क्याम्पसको नया कार्यसमितिको पहिलो बैठकको अवसरमा नव निर्वाचित संचालक समिति तथा जन प्रतिनिधिलाई प्रमाण पत्र र सम्मान पत्र वितरण गरेको हो । सिन्दुरेघारी बहुमुखि क्याम्पस निर्वाचन समितिका कृष्ण थापा र उमेश कुमार गौतमले निर्वाचित संचालक समितिका ११ जना संचालक समिति र ३ जना लेखा समितिलाई प्रमाण पत्र वितरण गरेको सो क्याम्पसका अध्यक्ष सुर्य बहादुर थापाले जानकारी दिएका छन् ।
तेसैगरी सोही कार्यक्रमको अवसरमा रौतहट क्षेत्र नम्बर ४ का प्रदेश सभा सदस्य युवराज भट्राई ( समिर),चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्ले,चन्द्रपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नवराज देवकोटा र वडा सदस्य अर्जुन चौधरीलाई संस्थाले सम्मान गरेको अध्यक्ष थापाले जानकारी दिएका छन् ।