पाठशाला न्यूज
 २०८१ बैशाख २६, बुधबार    

किर्ते नागरिकता प्रकरण : वीरगञ्जमा मेयर बिरुद्ध छानविन टोली गठन

२०८० माघ २५, बिहीबार १६:२९ बजे

जलेश्वर सर्राफ
पर्सा :वीरगञ्ज महानगरपालिका मेयर राजेशमानले बनाईदिएको किर्ते नागरिकता विरुद्ध परेको उजुरी माथि छानविन गर्न गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा दुई सदस्य टोली आज वीरगञ्ज पठाएको छ ।
गृहमन्त्रालयका उपसचिव पुष्कर राणाको संयोजकत्वमा गठित दुइ सदस्यीय टोली छानविन टोलीमा शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहनु भएको छ । नागरिकता प्रकरणमा अनुसन्धानका लागि गृह मन्त्रालयले राणाको नेतृत्वमा गठन गरेको २ सदस्यीय छानविन समिति आजैदेखि सम्बन्धित ठाउँका लागि रवाना भएको स्रोतले जानकारी दिएको छ ।
त्यसैगरी आज विहिवार दवाव स्वरुप विभिन्न राजनीतिक दलको स्वामित्वमा गठित सचेत नागरिक समाजले जिल्ला प्रशासन कार्यालय पर्साको मुलगेटमा डेढघन्टा धर्ना दिएका छन् ।

मेयर राजेशमानले विभिन्न राजनीतिक शक्तिहरुमा धाउने गर्दै यसैविच गृहमन्त्रालयले छानबिन टोली पठाउदा मेयर राजेशमानलाई किर्ते अपराधमा सजाय निश्चित हुने आसा पलाएको छ । जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारीले गृहबाट खटेको छानबिन समितिलाई हामीले सहयोग गर्ने बताएका छन् ।