पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

इयान गेल्डर: गेम अफ थ्रोन्सका अभिनेता केभान ल्यानिस्टरको ७४ वर्षको उमेरमा निधन

२०८१ वैशाख २६, बुधवार १५:३२ बजे

बेलायत- काल्पनिक श्रृंखला गेम अफ थ्रोन्समा केभान ल्यानिस्टरको भूमिका निभाएका इयान गेल्डरको ७४ वर्षको उमेरमा निधन भएको छ ।

ब्रिटिश अभिनेता गेल्डरको यहि सोमवार पित्त नलीको क्यान्सरका कारण मृत्यु भएको हो।

टर्चवुड, हिज डार्क मटेरियल्स, डक्टर हू, स्न्याच, द बिलमा भूमिका निभाएका गेल्डरलाई पाँच महिना अघि पित्त नलीमा क्यान्सर पत्ता लागेको थियो।