पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

नेपाललाई छैटौँ सफलता, सन्दीपले लिए व्यक्तिगत दोस्रो विकेट

२०८० कार्तिक १७, शुक्रवार १२:३० बजे

काठमाडौं :आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा नेपाललाई छैटौँ सफलता मिलेको छ ।
यूएईविरुद्ध सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिएका हुन् । १ रन बनाएर खेलेका बसिर हमिदलाई गुलशन झाले क्याच गरेका हुन् । यस्तै यसअघि पाँचौँ सफलता कप्तान रोहितले लिए । ४ रन बनाएर खेलेका अलि नसिरलाई कुशल भुर्तेलले क्याच गरे ।
यस्तै, कुशल मल्लले चौथो विकेट लिएका हथिए। १६ रन बनाएका अलिसान सरफुलाई सोमपाल कामीले क्याच गरे ।
यसअघि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका थिएश्र १४ बलमा १३ रन बनाएर खेलेका आशिफ खान आउट भए। पहिलो सफलता सोमपाल कामीको बलमा ब्याट्सम्यान खलिद साह तीन रन बनाएर रनआउट भए।

दोस्रो सफलता कामीको बललाई करण केसीले क्याच गरेका हुन्। युएईका कप्तनान ब्याट्सम्यान मोहम्मद वासिमको आउट भए ।
नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
यद्यपि, अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भएको थियो। यूएई भने समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। यूएईले बहराइन र कुवेतलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गरेको थियो ।