पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

आइपिएल : मुम्बईमाथि कोलकता २४ रनले विजयी

२०८१ वैशाख २२, शनिवार ०७:१२ बजे

काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा कोलकताले मुम्बईलाई २४ रनले पराजित गरेको हो ।
कोलकताले दिएको १७० रनको लक्ष्य पछाएको मुम्बईले १८.५ ओभरमा १४५ रन बनाएर अल आउट भएपछि खेल कोलकताले २४ रनले जितेको थियो । यसअघि कोलकताले पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा अल आउट हुदै १६९ रन बनाएको थियो ।
यो कोलकताको यस सिजनमा सातौं जित हो । १० खेलमा ७ जित र ३ हारसहित कोलकताको १४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै मुम्बईको भने यो यस सिजनमा आठौँ हार हो । ११ खेलमा केवल ३ खेल जितेको मुम्बईको ६ अंक रहेको छ र प्लेअफको दौडबाट बाहिरिएको छ ।