पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

ब्रम्हाण्डमा भेटियो सुर्य भन्दा ५ सय ट्रिलियन गुना चम्किलो चीज

२०८० फाल्गुण ९, बुधवार ०९:२५ बजे

काठमाडौं : अन्तरिक्ष वैज्ञानिकहरूले ब्रह्माण्डको सबैभन्दा चम्किलो चिज फेला पारेका छन्, जुन करिब १२ अर्ब वर्ष पुरानो र सूर्यभन्दा १७ गुणा ठूलो छ । यसलाई ब्ल्याक होल भनिन्छ ।
यसको नाम क्वासर जिओ ५२९–४३५१ हो , जसलाई आजसम्मको ‘भोको ब्ल्याक होल’ को रूपमा वर्णन गरिएको छ किनभने यसले एक दिनमा एक सूर्य र एक वर्षमा ३७० सुर्य बराबरको ग्यास निल्छ । वैज्ञानिकहरूले यसलाई ब्रह्माण्डमा देखेको सबैभन्दा चम्किलो वस्तुको रूपमा वर्णन गरेका छन्, किनभने यसको द्रव्यमानले यसलाई ५०० ट्रिलियन गुणा उज्यालो बनाउँछ ।
अष्ट्रेलियाली नेशनल युनिभर्सिटीका वैज्ञानिकहरूले युरोपेली दक्षिणी अब्जर्भेटरी (इसओ० मा जडान गरिएको भेरी लार्ज टेलिस्कोप (भीएलटी) मार्फत खोजी गरेका हुन । क्वासार ब्ल्याक होल यति ठूलो भएकोले ब्रह्माण्डको अन्य कुनै पनि वस्तुभन्दा धेरै ऊर्जा उत्सर्जन गरिरहेको वैज्ञानिकहरूले दाबी गरेका छन् । यो विशाल ब्ल्याक होलले आफ्नो वरिपरि आउने सबै चीजहरू निलिरहेको छ र कसैले कल्पना गर्न नसक्ने दरमा बढिरहेको छ ।
खगोलविद् क्रिस्चियन वुल्फ भन्छन् कि हामीले अहिलेसम्मको सबैभन्दा छिटो बढिरहेको ब्ल्याक होल पत्ता लगाएका छौं, सबैभन्दा हिंस्रक र राक्षस जस्तै ब्याबहार यसले गरिरहेको छ ।
वैज्ञानिकहरुका अनुसार क्वासार ब्ल्याक होल टाढाबाट तारा जस्तो देखिन्छ । यो हाम्रो ग्रह पृथ्वीबाट यति धेरै टाढा छ कि यो हेर्न हामीलाई ज्ञद्द अरब वर्ष लाग्यो । हाल ब्रह्माण्डको आयु १३.८ बिलियन वर्ष छ । गत वर्ष ओटावा विश्वविद्यालयका राजेन्द्र गुप्ताले ब्रह्माण्ड करिब २६.७ अर्ब वर्ष पुरानो भएको दाबी गर्दै एक रिर्पोट प्रकाशित गरेका थिए ।
यस ब्रह्माण्डमा आकाशगंगाहरूमा ब्ल्याक होलहरू बनेका छन्, जसले आफ्नो चरम गुरुत्वाकर्षण प्रयोग गरेर वरपरका चीजहरूलाई निल्छन्। यस ब्ल्याक होलले उत्सर्जन गर्ने कण र विकिरण यसको वरिपरि सर्कलमा घुमि रहन्छन् ।