पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

मुख्य मन्त्री यादवले आज चौथौ पटक विश्वासको मत लिँदै

२०८१ बैशाख ४, मंगलबार ०७:५८ बजे

काठमाडौं- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक विश्वासको मत लिने भएका छन् । 

विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले बताएका छन ।पछिलो केही समय पहिला  केन्द्रमा समीकरण फेरिए सँगै मधेश प्रदेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सरकारमा सहभागी भएको थियो।

कांग्रेसले सरकारबाट बाहिरिएसँगै गत चैत ९ गते नै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

मुख्यमन्त्री यादवले १५ महिनामा यसरी विश्वासको मत लिन लागेको चौथो पटक हो। मधेस प्रदेशमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक छ।