पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

बझाङमा झिनो मतले कांग्रेस अगाडी

२०८१ वैशाख १७, सोमवार ०६:४८ बजे

काठमाडौं- बझाङमा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले २ सय ६४ मत सहित अगाडी छन्। 

पछिल्लो परिणाम अनुसार उनले ७ हजार ४ सय ९२ मत ल्याएका छन्। यसैगरी एमालेका दमनबहादुर भण्डारीले ७ हजार २ सय २८ मत प्राप्त गरेका छन्। भण्डारी २ सय ६४ मतले पछाडि परेका छन्। 

यस्तै प्रदेशसभा सदस्यका अर्का उम्मेदवार माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ८९४ मत ल्याउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत ल्याएका छन्। त्यहाँ २० हजारभन्दा बढी मत गनिसकिएको छ। अव १० हजार मत गन्न बाँकी छ।