पाठशाला न्यूज
 २०८१ बैशाख १६, आईतबार    

गृह मन्त्रालयको टोलीसँग मेयर सिंहले भने मेरै छोरी हो दुईवटा बिहे गरेको छु

२०८० माघ २७, शनिबार १९:१६ बजे

जलेश्वर सर्राफ 

वीरगंज - गृह मन्त्रालयको टोलीले वीरगंजका मेयर राजेशमान सिंहसँग आज सवा दुई घण्टा बयान लिएको छ । 

किर्ते विवरणको आधारमा नागरिकता दिलाएको भन्दै मेयर सिंहविरुद्ध जाहेरी परेपछि गृह मन्त्रालयको टोलीले मेयर सिंहसँग जिल्ला प्रशासन कार्यालय पर्सामा बयान लिएको थियो । 

गृह मन्त्रालयको टोलीले लिएको बयानमा मेयर सिंहले रुविना आफ्नो छोरी भएको स्वीकारेको स्रोतले जनाएको छ । मेयर सिंहले,‘रुविना श्रेष्ठ मेरै छोरी हो, उसको जन्मदर्तामा पनि मेरै नाम छ र मैले दुईवटा बिहे गरेको छु ।’ भनि बयान दिएका छन्। मेयर सिंहसँग बयान लिएपछि गृह मन्त्रालयको टोलीले सम्बन्धित अन्य व्यक्तिसँग सोधपुछ गरिरहेको जिल्ला प्रशासन कार्यालय स्रोतको भनाइ रहेकोछ । यसअघि नागरिकता बनाउन सिफारिस गरिएका वडा कार्यालयसँग पनि गृह मन्त्रालयको टोलीले बेग्लै बयान लिइसकेको छ । 

गृह मन्त्रालयले उपसचिव पुष्कर रानाको नेतृत्वमा शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहने गरी दुई सदस्यीय छानबिन टोली गठन गरेर वीरगन्ज खटाए पछि उक्त छानविन अगाडी बढीरहेको छ।