पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

इटालीको हाइड्रोइलेक्ट्रिक प्लान्टमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु

२०८० चैत्र २८, बुधवार १२:२८ बजे

तस्वीर: पावर हाइड्रोइलेक्ट्रिक प्लान्टको बिष्फोट र आगलागी पछिको दृश्य [क्लाउडिया ग्रेको/रायटर]

इटाली- उत्तरी इटालीमा रहेको जलविद्युत केन्द्रमा आगलागी र भूमिगत विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्। 

मंगलबार दिउँसो करिब ३ बजे (१३:०० GMT) बोलोग्ना नजिकैको बर्गी सहरको पावर स्टेशनका तीनवटा कृत्रिम तालहरू मध्ये एक सुभियाना तालमा रहेको बाँधमा विस्फोट भएको थियो।

मर्मतसम्भार कार्यको क्रममा विस्फोटले नौ तले भूमिगत संरचनाको भाग ध्वस्त भएर आगलागी भएको थियो।

घटना स्थल नजिकैको सहर कमुग्नानोका मेयर मार्को मासिनाराले तीन जनाको शव फेला परेको, चार जना बेपत्ता र तीन जनालाई "गम्भिर चोट लागेको" लागेको बताएका छन्। लगत्तै घाइतेहरुलाई अस्पताल लगिएको समेत जानकारी दिएका छन्। 

प्लान्टको स्वामित्वमा रहेको पावर कम्पनी एनेलले कामदारहरूलाई स्थलबाट बाहिर निकालेको र दमकल विभागका उद्धारकर्मीहरूसँग समन्वय गरिरहेको बताएको छ।

मसिनाराले जमिनको सतह मुनि आगलागी भएको थप टिप्पणी गर्दै स्पष्ट पारे।

उनले इटालीको आन्सा समाचार एजेन्सीलाई भने अनुसार दुर्घटनाको समयमा टर्बाइनको काम भइरहेको अवस्थामा उक्त दुर्घटना भएको स्पष्ट पारेका छन्।