पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

चन्द्रपुरमा हावाहुरीले केरा खेतीमा लाखौको क्षती

२०८० चैत्र ३०, शुक्रबार १०:०७ बजे

रौतहट- गएराती आएको हावाहुरीले रौतहटको चन्द्रपुर नगरपालिका वडा नंं ३ गैडाटारमा लाखौ रुपैयाँको लगानीमा गरेको केराखेती हावाहुरीबाट नष्ट भएको छ।

हाल गैडाटारका किसानहरु यतिबेला केरा खेतीमा भएको क्षतिको कारण अत्यन्तै चिन्तित छन् । स्थानिय किसानहरु केशव दाहाल,देवी बहादुर कार्की,भेष बहादुर भण्डारी,ज्ञान बहादुर पुलामी लगायत धेरै किशानहरुको जग्गामा गरिएको केराखेती नष्ट भएको हो। 

केरा खेतीमा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको स्थानिय जीवन कटुवालले बताएकाछन् । केराको बजार राम्रो रहेको अवस्थामा हावाहुरीले क्षती पुर्याएपछी कसरी लगानी उठाउने भन्‍ने चिन्तामा आफुहरु रहेको किसान केशब दहालको भनाई छ । 

ऋण काडेर खेती गरेका गैंडाटारका किसानको सपना अहिले हावाहुरीले सखाप बनाईदिएको छ ।