पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

धनगढीमा प्रहरी जवान मृत फेला

२०८० चैत्र २२, बिहीवार १०:४७ बजे

धनगढी : धनगढीमा एक जना प्रहरी जवान मृत भेटिएका छन् ।
दार्चुलाको शैल्यशिखर–९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक धनगढी उपमहानगरपालिका–७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार बिक बुधार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनी बझाङबाट बिदा लिएर धनगढी आएको खुलेको प्रहरी निरीक्षक कार्कीले बताए । बिकको परिवार धनगढीमा बस्दै आएको थियो ।