पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

वीरगंजमा एक पुरुष मृत अवस्थामा फेला

२०८१ बैशाख १२, बुधबार २३:१२ बजे

जलेश्वर सर्राफ 

वीरगंज- मंगलवार बेलुका ५ बजेको समयमा पर्साको वीरगंज महानगरपालिका वडा नं. १४ चिनि मिल पिपरा जनस्वास्थ्य कार्यालय नजिक कै सार्वजनिक नालामा हाल नाम,थर,वतन नखुलेको अन्दाजी वर्ष ४५/५० को पुरुषको व्यक्तीको मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

मृत व्यक्तिको शव फेला परेको सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धान टोली घटनास्थलमा पुगी घटनास्थल तथा शवजाँचको प्रकृति मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी मृतकको शवलाई नारायणी अस्पताल वीरगंज पर्साको शव गृहमा राखी मृतकको मृत्यु कसरी र किन भएको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिएका छन्।

हालसम्म निज मृतकको शव बुझी लाने निजको आफन्तहरु सम्पर्कमा नआएकोले निजको आफन्तलाई आ-आफ्नो वडा एरियामा खोजतलास गरी यथाशीघ्र जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न डिएसपी थापाले अनुरोध गरेका छन् । 

मृतकको हुलिया वर्ण श्यामल, उचाई ५ फिट २ ईन्च , शरिरमा खैरो रंगको भेष्ट र निलो ट्रयाक लगाएको अन्दाजी वर्ष ४५/५० को पुरुष व्यक्ति रहेको खुल्न आएको छ।