पाठशाला न्यूज
 २०८१ आषाढ १८, मङ्गलवार    

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज समापन हुने

२०८१ जेष्ठ २, बुधवार ०७:४० बजे

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज सकिने भएको छ । हिजो मंगलवारबाट सुरु भएको बैठक आज समापन हुने भएको हो ।
बनाएर छलफल भइरहेको छ । अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमाथि १२ वटा समूहमा छलफल भएको हो ।
समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले आज प्रस्तुत गरेर बैठक समापन गर्ने सो पार्टीले जनाएको छ । ललितपुरको बालकुमारीमा जारी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूका सुझाव समेत समेटेर अन्तिम रूप दिइने छ । एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौँमा महाधिवेशनको तयारी गरेको छ ।