पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध

२०८१ आषाढ १८, मङ्गलवार १६:३३ बजे

चितवन- नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ ।

सडक डिभिज कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।

दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाईज भएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने डिभिजन सडकले जानकारी दिएको छ ।