पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

अधिवक्ता पाण्डे विरूद्ध पक्राउ पुर्जी जारी

२०८० श्रावण १२, शुक्रवार १६:२८ बजे

काठमाण्डौ–अधिवक्ता भगवती पाण्डे ’शीलत’ विरूद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी परिसरका काठमाडौंका डिएसपी अनिल अधिकारीले पाण्डेविरूद्ध जारी पक्राउ पुर्जी बुझ्ने क्रममा रहेको जानकारी दिए ।
अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।
सोही अभिव्यक्तिलाई लिएर उनीविरूद्ध तामाङ र मगर समुदायका व्यक्तिहरूले दिएको उजुरीका आधारमा पाण्डेविरूद्ध जातीय भेदभावको कसुरमा पक्राउ पुर्जी जारी भएको डिएसपी अधिकारीले जानकारी दिए ।
प्रतिनिधि सभा बैठकमा केही सांसदहरूले पनि उनको अभिव्यक्तिले तामाङ समुदायमा आघात परेको भन्दै तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका थिए ।
’उनलाई जातीय विभेदको कसुरमा कारवाही गर्न माग गर्दै जाहेरी परेको थियो। त्यही अनुसार पक्राउ पुर्जी जारी भएको हो,’ डिएसपी अधिकारीले भने ।
पक्राउ पुर्जी जारीपछि उनको खोजी भइरहेको उनले बताए ।