पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाख्रा पाल्नेहरूलाई सदनबाट बाहिर पठाउन माग गरे

२०८१ जेष्ठ ७, सोमवार ०९:५७ बजे

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाख्रा पाल्नेहरूलाई सदनबाट बाहिर पठाउन माग गरेका छन् । प्रतिनिधि सभामा उठेको प्रश्नहरुको जवाफ दिर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम नतोकी उक्त कुरा बोलेका हुन् ।

यसअघि संसदमा थापाले दोहोरो नागरिकता बोक्ने र सहकारीको रकम अपचलन गर्नेहरूलाई सदनबाहिर पठाएर छानबिन र निर्दोेष भए माला लगाएर स्वागत तथा दोषी भए कारबाही गर्न माग गरेका थिए । सो कुराको जवाफमा लामिछानेले सरकारको अनुदान लिएर कुखुरा, माछा, खसीबाख्रा पाल्नेलाई सदनबाहिर पठाउन माग गरेका हुन् ।

त्यसैगरी गृहमन्त्री लामिछानेले छत्रमानसिंह गुरुङका छोराको १४ लाखको रोलेक्स घडी चोरी काण्ड देखि लाउडा बिमान खरिदको भुक्तानी गर्दा भएको भ्रष्टाचार, नक्कली भुटानी शरणार्थी काण्ड सम्मको समाचारहरुलाई मध्य नजर गर्नेहो भने छानविन समिति गठन हुनुपर्छ कि पर्दैन भनि प्रश्न गरे। 

त्रिभुवन विश्वविद्यालयको वेव साइट निर्माण गर्न भनि बुझेको पाँच लाख वेबसाइट नबनाई हिनामिना गरेको, स्ववियु सभापति हुँदा महालेखा परीक्षकले ३० लाख बेरुजु देखाएको बिषय पनि गृहमन्त्री लामिछानेले उठाउन गरेका थिए।