पाठशाला न्यूज
 २०८१ बैशाख २९, शनिबार    

जसपाले आजै मन्त्रीको नाम पठाउने

२०८० फाल्गुन २४, बिहीबार १३:११ बजे

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रीको नाम आजै पठाउने भएको छ । प्रधानमन्त्रीसँग सल्लाह गरेर मन्त्रीको नाम पठाउने सर्वाधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
“एक प्रकारले सहमति भयो । हामीले अध्यक्षलाई सर्वाधिकार सुम्पिएका छौँ । अध्यक्षले आज साँझसम्ममा प्रधानमन्त्री र अरु दलका नेतासँग थप सल्लाह गरी मन्त्रीको नाम दिनुहुन्छ,” उनले भने । उनले अध्यक्ष आफैँ मन्त्री बन्ने संकेत गरे । “अध्यक्षज्यू पनि त माननीय नै हुनुहुन्छ । उहाँ पनि त मन्त्री बन्न सक्नुहुन्छ,” उनले भने ।
यावद उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्ने चर्चा छ । मन्त्रिपरिषद्मा स्वास्थ्य र वन मन्त्रालय रिक्त छ । जसपाले ती मन्त्रालयसहित एक राज्यमन्त्री पाउने बताइएको छ ।