पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

रौतहटबाट एक हजार ८४३ थान नक्कली नोटसहित एकजना पक्राउ

२०८० पौष २०, शुक्रवार १३:०१ बजे

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–८, पटेल चोकबाट नक्कली नेपाली नोट सहित एकजना पक्राउ परेका छन् ।
गुजरा नगरपालिका–५, हरिहरपुर बस्ने २५ वर्षीय सन्दीप यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट एक हजार दरको एक हजार ८४३ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट, विभिन्न बैंकको एटीएम कार्ड पाँच थान र १६ लाख ६५ हजार रूपैयाँ उल्लेख भएको चेक तीन थानसहित पक्राउ गरेको जनाइएको छ ।