पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

अवैध ६ लाख रुपैयाँ सहित एक जना पक्राउ

२०८० माघ ७, आइतवार ०९:३४ बजे

जलेश्वर सर्राफ
पर्सा : रौतहटमा सशस्त्र प्रहरीले दैनिक चेकजाँचको क्रममा स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलका प्रमुख इन्स्पेक्टर नरेन्द्र कुमार पाटामगर नेतृत्वको टोलीले शनिवार ५ लाख ९४ हजार रुपैयाँसहित परोहा नगरपालिका ८ का दिनेशप्रसाद कुशवाहालाई पक्राउ गरेको हो । जिल्लाको बौधीमाई नगरपालिका–७ छोटी बंकुल हुँदै भारततर्फ गइरहेको बागमती प्रदेश ०२–०३८ प–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा एक हजार दरको ३४२ थान र पाँच सय दरका ५०४ थान गरी कुल ५ लाख ९४ हजार रुपैयाँ बरामद भएको इन्स्पेक्टर पाटामगरले बताएका छन् ।
बरामद रुपैयाँ, मोटरसाइकलसहित ४५ वर्षीय कुशवाहालाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।