पाठशाला न्यूज
 २०८० चैत्र १६, शुक्रबार    

अवैध फोनको बिक्री वितरण प्रतिबन्ध हुन्छ:महासचिव त्रिपाठी

२०७९ भाद्र २८, मंगलबार १०:५३ बजे

दिपु मिश्र
रौतहट– नेपाल मोबाईल वितरक संघका केन्द्रीय महासचिव रघु त्रिपाठीले नेपालमा अबैध मोवाइल फोनको बिक्री वितरणमा रोक लगाउने बताएका छन् ।
नेपाल मोवाईल वितरक संघ बिरगंज ( मधेश प्रदेश पश्चिम)को आयोजनामा अम्लेखगंजमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा नेपाल मोवाईल वितरक संघका केन्द्रीय महासचिव त्रिपाठीले अबैध मोवाइल फोनको बिक्री वितरणमा रोक लगाउने बताएका हुन् ।
उनले नेपालमा भैरहेको अबैध फोनको बिक्री वितरणले राज्यलाई अर्बैंको नोक्सान भैरहदा समेत राज्यले कुनै चासो नदेखाएको जानकारी दिए । अबैध फोनको बिक्री वितरणले मोवाईल फोन व्यापारी मारमा पर्दै आएको सर्वविभितै छन् । नेपालमा करोडौंको लगानीमा मोवाईल फोनको व्यापार सुरुबात गरेका व्यापारीहरु अबैध फोनको बिक्रि वितरणको बिगबिगीका कारण धरासयमा परेको महासचिव त्रिपाठीले बताए ।
नेपालमा बार्षिक रुपमा ५० अर्बको मोबाइल फोन भित्रिदा झण्डै १३ अर्बको फोन भन्सार छलेर आउने गरेको महासचिव त्रिपाठीले जानकारी दिए । उनले नेपाल सरकारले नेपालमा तिन सय डलरभन्दा माथिको मोवाईल फोन आयातमा प्रतिबन्ध समेत गरेको बताएका छन् । नेपालमा भन्सार छली गरेर भित्रिने मोबाइलबाट बार्षिक २ अर्बको राजश्व संकलनमा घाटा रहेको महासचिव त्रिपाठीले बताएका छन् ।
हाल नेपालमा अवैध रुपमा भित्रिने मोबाइल बजारमा सर्वत्र विक्री विरतण भइरहेको तथा यस्तो फोन खरिद गर्ने ग्राहकहरु ठगिने मात्र नभइ कुनैपनि बेला कानुनी झमेलामा पर्नसक्ने तेस कारण सचेत रहन समेत त्रिपाठीले जानकारी दिएका छन् । उनले चोरी पैठारी बाट नेपालमा अबैध मोवाईल फोनहरु भित्रिन नदिन हाम्रो संघले सम्बन्धित निकाय सम्म आवाज उठाईसकेको बताए । अबको केहि समयमै राज्यले अवैध रुपमा नेपालमा भित्रिने फोनलाई प्रतिबन्ध गर्नका लागि छुट्टै कदम चाल्ने भरोसा दिलाएको महासचिव त्रिपाठीले जानकारी दिएका छन् ।
सो कार्यक्रममा संजय अग्रवाल,प्रभाकर सम्शेर थापा,सुनिल अग्रवाल,रिसव अग्रवाल,नेपाल मोवाईल बितरक संघका केन्द्रीय अध्यक्ष दिनेश चुल्याद्यो,उपाअध्यक्ष साहेव लाल साह,सचिव बाल नरिसिह कुबर,सदस्य राम श्रेष्ठ लगायत बारा,पर्सा,रौतहटका मोवाईल फोन व्यापारीहरुको सहभागिता रहेको थियो ।