पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

अर्थशास्त्र तर्फको नोबल मेमोरियल पुरस्कार अमेरिकी आर्थिक इतिहासकार क्लाउडिया गोल्डिनलाई

२०८० आश्विन २२, सोमवार १७:१८ बजे

काठमाडौं- अमेरिकी आर्थिक इतिहासकार क्लाउडिया गोल्डिनलाई सोमबार अर्थशास्त्रतर्फको नोबेल मेमोरियल पुरस्कार २०२३ को विजेता घोषित गरिएको छ ।

हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई श्रम बजारमा महिलाको बुझाइलाई अगाडि बढाउन योगदान पुर्‍याएकोमा सोमबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

यो अर्थशास्त्रको क्षेत्रमा सबैभन्दा प्रतिष्ठित पुरस्कार हो। 

गत वर्ष यो पुरस्कार तीन अमेरिकी अर्थशास्त्री बेन बर्नान्के, डगलस डायमण्ड र फिलिप डिब्भिगलाई बैंक तथा वित्तीय सङ्कटबारे अनुसन्धान गरेकोमा समान रूपमा बाँडिएको थियो ।

अर्थशास्त्र तर्फको पुरस्कार अल्फ्रेड नोबेलको मृत्युको ७० वर्षपछि स्वीडेनको केन्द्रीय बैंकले सन् १९६८ मा थपेको थियो। नोबेल फाउन्डेसनद्वारा प्रशासित र "अल्फ्रेड नोबेलको सम्झनामा" प्रदान गरिने यो पुरस्कार स्थापनाको लागि बैंकले आवश्यक रकमको व्यवस्था गरेको थियो। 

खास गरि नोबेल पुरस्कार सन् १८९५ मा स्विडेनी ईन्जिनियर तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलको इच्छामा स्थापना भएको हो । यसका मौलिक पाँच पुरस्कारहरु छन् तर अर्थशास्त्रमा दिइने यो पुरस्कार भने नोबेलको मृत्युको ७० वर्ष पछि स्थापित गरिएको हो । 

अर्थशास्त्रमा दिइने नोबेल पुरस्कार विवादित र आलोचनावाट भने मुक्त छैन। अर्थशास्त्र पुरस्कार नोबेलको मौलिक अभिप्रायको हिस्सा नभएको कारणले गर्दा धेरै आलोचकहरूले यसलाई नोबेलको रूपमा गन्नु हुँदैन र यसको प्रतिष्ठा जायज छैन भन्नुहुन्छ।