पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

मुस्लिम राष्ट्र पाकिस्तानमा पनि शिवरात्री मनाइदैँ

२०८० फाल्गुन २५, शुक्रबार १२:१४ बजे

इस्लामबाद : मुस्लिम राष्ट्र पाकिस्तानमा महाशिवरात्रि पर्व हर्षोल्लासका साथ मनाइँदैछ ।
त्यहाँको महाशिवरात्रि पर्वमा सहभागी हुनका लागि गत बुधबार भारतबाट ६२ हिन्दूहरु वाघा सीमा नाका हुँदै लाहोर पुगेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन ।
इवेक्यू ट्रस्ट प्रपर्टी बोर्डका प्रवक्ता आमिर हाश्मीले समाचार एजेन्सीसँग कुरा गर्दै यस सम्बन्धमा जानकारी दिएका हुन ।
‘महाशिवरात्रि पर्वमा सहभागी हुन भारतबाट कुल ६२ हिन्दू तीर्थयात्री लाहोर आइपुगेका छन,‘ईटीपीबीले लाहोरमा आयोजना गरिरहेको महाशिवरात्रिको मुख्य समारोह लाहोरबाट करिब ३०० किलोमिटर टाढा रहेको चकवालको ऐतिहासिक कटासराज मन्दिरमा मार्च ९ मा आयोजना गरिने छ ।’
प्रबत्ता हासमीका अनुसार यस कार्यक्रममा राजनीतिक, सामाजिक र धार्मिक नेताहरुको सहभागिता रहनेछन । उनका अनुसार वाघामा विश्वनाथ बजाजको नेतृत्वमा आएका हिन्दुहरुलाई धार्मिक स्थलका अतिरिक्त सचिव राणा शाहिद सलिमले स्वागत गरेका थिए ।
पाकिस्तानमा बनेको यो कटास राज मन्दिरलाई हिन्दूहरूले पवित्र मान्ने कटास नामक पोखरीले घेरेको छ । यो मन्दिर पाकिस्तानको पञ्जाब प्रान्तको पोतोहर पठार क्षेत्रमा अवस्थित छ । आफ्नी पत्नी सतीको मृत्युपछि शोकमा पृथ्वीमा भौंतारिरहेका शिवको आँसुबाट मन्दिरको पोखरी बनेको जनविश्वास छ ।