पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३० हजार ८७८ पुग्यो

२०८० फाल्गुण २६, शनिवार १३:३२ बजे

काठमाडौं : गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३० हजार ८७८ पुगेको छ ।
गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली सेनाले ७८ जनाको ज्यान लिएको छ । १०४ जना घाइते भएका छन् । ३० हजारभन्दा बढी मृत्यु हुनेमध्ये ७२ प्रतिशत महिला र बालबालिका रहेको मन्त्रालयले जनाएको छ ।