पाठशाला न्यूज
 २०८१ बैशाख १६, आईतबार    

अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश

२०८० माघ २८, आईतबार १९:४७ बजे

काठमाडौं- रौतहट जिल्ला अदालतले आइतबार मोहम्मद अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले राजपुर बम काण्डका आरोपी मोहम्मद अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो। उक्त मुद्दामा आइतबार आलमका तर्फबाट अधिवक्ता लालबाबु राय, महम्मद साबिर हुसेन, मजरुल हक लगायत चार जनाले बहस गरेका थिए ।

त्यस्तै बादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता बद्रीकुमार कार्की र अधिवक्ता पुष्प पौडेलले बहस गरेका थिए । 

बि.सं. २०६४ सालमा संविधान सभाको चुनावका बेला आलमको चुनाव प्रचारमा खटिएको टिम बम विस्फोटमा परेको र घाइते भएका केही व्यक्तिलाई इँटाभट्टामा हालेर जलाएको आरोप आलममाथि छ ।

यो मुद्दामा थुनछेक बहसपछि आलम २०७६ कात्तिकदेखि पुर्पक्षका लागि थुनामा छन् ।