पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

सरकारले देशमा रोजगारी दिएर युवाहरुलाई सम्बोधन गर्नुपर्नेमा युवाहरुको छातिमा गोलि हानेर देश चलाइरहेकाेछ: नेता श्रेष्ठ

२०८० फाल्गुन १२, शनिबार १६:०७ बजे

काठमाडौं- नेकपा (एमाले)को रौतहट-काठमाण्डौ सम्पर्क मञ्चको १४औं सम्मेलनलाई सम्बोधन गर्दै पुर्व मन्त्री तथा एमाले पार्टी पोलिटब्युरो सदस्य लिलानाथ श्रेष्ठले सरकार नेपाली जनता प्रति गैर जिम्मेवार रहेको कुरा व्यक्त गर्नु भएको छ । 

नेता श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, "यो सरकारले देशमा रोजगारी दिएर युवाहरुलाई सम्बोधन गर्नुपर्नेमा लाईनमा बसेर बिदेश जान फारम भरेका होनहार युवाको छातिमा गोलि हानेर देश चलाइरहेकाेछ ।", अख्तियारमा झण्डा हल्लाउँदै बयान दिन गएका मन्त्रीले नैतिकताको उपहास गरिरहेको प्रधानमन्त्रीले देखिरहेका छन् तर सम्मानित जनताको अपमान गरेर प्रधानमन्त्री आफ्नो कुर्सी जोगाउन मात्र लागिरहेका छन्।" गठबन्धन सरकार कै गैरजिम्मेवारीपनले देशमा व्यावसायीहरु शरिरमा आगो लगाएर आत्मदाह गर्न बाध्य बनाईएका छन्। किसानहरु आत्महत्या गर्न बाध्य पारिएका छन्। सिङ्गो देशलाई गतिहिन बनाइएको छ। समग्रमा देश यतिधेरै सङ्कटमा पारिएको ईतिहासमा यसभन्दा अगाडि कहिल्यैँ थिएन ।" नेता श्रेष्ठले भन्नुभयो।

नेता श्रेष्ठले हाल सदनमा गैरजिम्मेवार सरकारको गहिरो आलोचना भैरहदा राष्ट्रघाती मन्त्रीहरुलाई बर्खास्त नगरिएको प्रति पनि गहिरो टिप्पणी गर्नु भयो। 

नेता लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा उदघाटन भएको उक्त कार्यक्रममा पोलिटब्युरो सदस्यहरु पुरुषोत्तम पौडेल लागाएत पार्टी केन्द्रिय कमिटीका‌ सदस्यहरु पुर्व सांसद रेखा कुमारी झा, उद्वव रेग्मी,‌ लालबाबु यादब मधेस प्रदेश कमिटीका उप-सचिव आरती भण्डारी, लोकतान्त्रिक थारु कल्याणकारिणी संघ मधेस प्रदेशका अध्यक्ष अखिलेश चौधरी सहित रौतहट जिल्ला कमिटीका अध्यक्ष सचिदानन्द साह, सचिव बाबुराम दहाल, उप-सचिव अवधेश यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो।