पाठशाला न्यूज
 २०८१ माघ १२, शनिवार    

दैलेखको दुल्लु-१३को वडा अध्यक्षमा एमालेका शाही विजयी

२०८१ मंसिर १७, सोमवार ०७:३७ बजे

दैलेख- स्थानीय तह उपनिर्वाचन अन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा नेकपा एमालेका लालबहादुर शाही निर्वाचित भएका छन् ।

उनले पाँच सय ७४ मत प्राप्त गरी उक्त पदमा निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नेपाली कांग्रेसका रेशमबहादुर शाहीलाई ३ मतले पराजित गर्दै उनी वडाध्यक्षमा विजयी भएका हुन् । एमालेका शाहीको निकटम् प्रतिद्वन्दी नेपाली काँग्रेसका रेशमबहादुर शाहीले पाँच सय ७१ मत प्राप्त गरेका छन् । 

त्यसैगरी नेकपा माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले दुई सय ७८, राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का रामबहादुर शाहीले ५३, राप्रपाका रेशमबहादुर मल्लले १३ र नेमकिपाका पूर्णप्रसाद उपाध्यायले चार मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार भएको मतदानमा खसेको कुल एक हजार पाँच सय २७ मत गणना हुँदा ३३ मत बदर भएका छ ।