पाठशाला न्यूज
 २०८२ पौष ३, बिहीवार    

उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन गरिने

२०८१ मंसिर ४, मङ्गलवार ०८:१९ बजे

काठमाडौं- यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ।

निर्वाचन कार्यतालिकाअनुसार आज साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने भएको हो। 

यसअघि सोमवार (मंसिर ३ गते) उम्मेदवारविरुद्ध उजुरी लिने, त्यसपछि मनोनयनपत्र र उजुरीको जाँचबुझ एवं निर्णय गर्ने कार्यक्रम थियो।