पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

२०८० मंसिर १७, आइतवार १५:५५ बजे

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता भएको छ ।
नेकपा एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनाललाई भेट्न चिनियाँ राजदूत शनिबार उनको निवास डल्लु पुगेका थिए । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार उनीहरुबीचमा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको थियो ।