पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

जरुवाबासीको बषौंदेखिको बिजुली बाल्ने सपना पुरा

२०८० श्रावण ३, बुधबार २३:२९ बजे

दिपु मिश्र
चन्द्रपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर एक जरुवाबासीको बषौंदेखिको बिजुली बाल्ने सपना पुरा भएको छ ।
मधेस प्रदेश सभा सदस्य माननीय युवराज भट्टराई (समिर) र नेपाल बिद्युत प्राधिकरण केन्द्र चन्द्रनिगाहपुरका प्रमुख ईन्जिनीयर धिरेन्द्र कुमार यादवको बिशेष पहलमा जरुवाबासीको २० औं बर्षको बिजुली बाल्ने सपना पूराभएको हो । बुधबार जरुवामा एक कार्यक्रमको आयोजना गर्दै करिव ६५ घरधुरीको घरमा बिजुली बल्नेगरी प्राधिकरणले निशुल्क मिटर तथा ट्रान्सफर्मर जडान गरेको नेपाल बिद्युत प्राधिकरण केन्द्र चन्द्रनिगाहपुरका प्रमुख ईन्जिनीयर यादवले जानकारी दिएका छन् ।
यस भन्दा अगाडि जरुवावासीको घर–घरमा पुग्नेगरी बिजुलीको पोल तथा तार जडान गरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले बिजुली नपुगेको स्थानमा बिजुली पुर्याउने अभियान अन्तर्गत जिल्लाको अत्यन्त दुर्गम स्थान जरुवामा १ बर्ष नबित्दै बिजुली पुर्याउन सफल भएको पाठशाला न्यूजलाई बताएका छन् ।
सो कार्यक्रममा नेपाल बिद्युत प्राधिकरण मधेस प्रदेशका प्रमुख मुनिन्द्र ठाकुर, चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउत, वडा नम्बर २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ , नेकपा माओवादी केन्द्र वडा नम्बर १ का अध्यक्ष तथा चन्द्रपुर नगर कमिटी सदस्य गौतम खड्का लगायत नेपाल बिद्युत प्रधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका कर्मचारीहरु र स्थानियहरुको सहभागिता रहेको थियो ।