पाठशाला न्यूज
 २०८१ बैशाख २५, मंगलबार    

भारतिय नागरिक सोनारको अवैध धन्दा

२०८० माघ ३, बुधबार ११:४६ बजे

जलेश्वर सर्राफ
पर्सा : बिरजंगमा दोहोरो नगरिकता भएका एक भारतियको अवैध सुनको कारोवार रहेको खुलेको छ ।
बिरगंज महानगपालिका वडा नम्बर –९ बस्ने दोहोरो नागरिकताधारी महादेव साहको ५८ बर्षिय छोरा रामनाथ साह सोनार भारतमा बच्चा साहको नामले चिनिएका छन् । उनी नेपालमा रामनरेश साहको नामले नागरिकता लिई विभिन्न अपराधीक क्रीयाकलाप संलग्न रहेका छन् । साह सुनचाँदीको तस्करी,अवैध भारतिय रुपैँयाको हुण्डी कारोबार तथा लागुऔषध लगायतका अवैध कारोबारमा संलग्न रहि अकुत सम्पत्ति आर्जन गरेका छन् ।
केही दिन अगाडी मात्र आन्तरिक राजस्व कार्यालय पथलैयाले रामनाथ साह सोनारको आर.के एण्ड सन्स नामक पसल तथा जयमा दुर्गे ज्वेलर्समा छापामारी गरी विभिन्न प्रमाणहरु जस्तै भारतिय रहेको प्रमाण,अवैध बन्धकि राख्ने गरेको रजिष्टर लगायत सरकारलाई झुक्याउने खालको विल भाउचर समेत फेलापारी आफ्नो नियन्त्रणमा लिएको छ । भारतिय नागारिक साहमाथि आन्तरीक राजस्व कार्यालयको थप अनुसन्धान जारी रहेको आन्तरीक राजस्व कार्यालय पथलैयाले जानकारी दिएको छ ।