पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

फेवातालमा डुङ्गा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार

२०८१ बैशाख १२, बुधबार १४:३० बजे

पोखरा- कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा मंगलवार दिउँसो डुङ्गा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ । 

अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ् गरिरहेका ५ जना  फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए । 

दुर्घटना लगत्तै नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा तैनाथ विपद् व्यवस्थापन सहितको टोलीले उनीहरुको तत्कालै सकुशल उद्धार गरेको हो ।