पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

सर्वोच्च अदालतद्वारा दुर्गा प्रसाईको रिटलाई अग्राधिकारको आदेश

२०८० फाल्गुण २७, आइतवार २०:०७ बजे

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईले दायर गरेको एक रिटलाई सर्वोच्च अदालतले प्राथमिकतामा राख्न आदेश दिएको छ । मेडिकल कलेज खोल्न आशयपत्र दिएर पनि सम्बन्धन नदिएको सम्बन्धमा प्रसाईले उक्त रिट दायर गरेका थिए। 

न्यायाधीशहरु कुमार रेग्मी र विनोद शर्माको इजलासले रिट निवेदनको विषयवस्तुको गम्भीरता र संवेदनशीलता हेर्दा छिटो टुंग्याउनुपर्ने प्रकृतिको देखिएको भन्दै प्रसाईको उक्त रिटलाई अग्राधिकार दिने आदेश दिएको हो ।

यस सम्बन्धमा सर्वोच्च अदालतले यहि चैत ४ मा पेशी तोक्न आदेश दिएको छ।