काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक यहि शनिवार र आइतवार बस्ने गरि बोलाएको छ।
केन्द्रीय समिति बैठक यही शनिवार र आइतवारका लागि बोलाइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
बैठकमा समसामयिक राजनीतिक छलफल, स्थानीय तह उपनिर्वाचन समीक्षा, सहकारी सम्बन्धी अध्यादेश, संविधान परिमार्जन लगायतको विषयमा छलफल गरिने बुर्लाकोटीले जानकारी दिएका छन् ।