पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

२०८० पौष २९, आइतवार ०८:५२ बजे

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव परेको छ ।
विभागका अनुसार आज (आइतबार) देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।