पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

विकिलिक्सका संस्थापकलाई अमेरिका सुपुर्दगी गर्ने/नगर्ने बारेमा लन्डनअदालतमा बहस सुरु

२०८० चैत्र १३, मंगलबार १५:३७ बजे

लन्डन- विकिलिक्सका संस्थापक जुलियन असान्ज अमेरिकी सुपुर्दगी गर्ने किन नगर्ने भन्ने बारेमा बेलायतको अदालतले सुनवाइ चलिरहेको छ ।

लन्डनस्थित बेलायती उच्च अदालतले विकिलिक्सका संस्थापक असान्जले बेलायतवाट अमेरिका सुपुर्दगी गर्ने नगर्ने बारेमा आजै फैसाला सुनाइदैँछ ।

अलजजिराका अनुसार सुपर्दगीका लागि असान्जले चुनौती दिदैँ अन्तिम अपील गर्न सक्छन् कि भनेर निर्णय गर्ने तयारी भइरहेको छ ।

अमेरिकाले ५२ वर्षीय असान्जलाई विकिलिक्सले अफगानिस्तान र इराकमा अमेरिकी नेतृत्वमा भएको युद्धसँग सम्बन्धित गोप्य कागजातहरू सार्वजनिक गरेकोमा जासुसी गरेको आरोपमा मुद्दा चलाउन खोजिरहेका छन्।

लन्डनको उच्च अदालतले गत महिना असान्जको अपीलको लागि अन्तिम बोली सुनेको थियो। दुई दिनको सुनुवाइको क्रममा असान्जका वकिलहरूले तर्क यो गरेका थिए कि उनी इराक र अफगानिस्तानमा अमेरिकी सेनाको गलत कार्यको पर्दाफास गर्ने एक गोप्य र योग्य पत्रकार हुन् ।उनीहरूले यो पनि भने कि अमेरिकामा सुपुर्दगीले उनलाई राजनीतिक रूपमा प्रेरित अभियोगमा पर्दाफास गर्नेछ । र, उनी माथी न्याय हुने छैन, उनले अमेरिकामा न्याय पाउने छैनन् ।

तर अमेरिकाले असान्जको कार्य पत्रकारको जानकारी सङ्कलन गर्नेभन्दा बाहिर गएको छ र उनले सरकारी कागजातहरू माग्ने, चोर्ने र अन्धाधुन्ध रूपमा प्रकाशित गर्ने काम गरेका छन्, उनी पत्रकार भन्दा जासुसका रूपमा बढी भुमिकामा देखिएका छन् ।

उनीहरूले उनीमाथि राजनीतिक विचार नभएर स्रोतको नाम सार्वजनिक गरेको आरोपमा कारबाही हुनु पर्ने थप तर्क गरेका थिए ।

विकिलिक्सका संस्थापककी पत्नी स्टेला असान्जले आफू लन्डन अदालतमा भइरहेको सुनवाइका लागि जान लागेको जानकारी दिएकी छिन । ‘यदि जुलियनले यो राउन्ड हारे भने बेलायतमा अदालतको बाटोको अन्त्य हुनेछ’ उनले अदालत जानु अघि टविटरमा लेखेकी छिन्।

असान्जले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागन लगायतका धेरै ‘गोप्य डकुमेन्ट’हरू सार्बजनिक गरेका थिए । उनले सो डकुमेन्टहरू सार्बजनिक गरे पछि इरान र अफगानिस्तानमा भएका अमेरिकी धरपकड र ‘अमेरिकन लोकतन्त्र ‘उदांगो’ हुन पुगेको थियो । जसका कारण अमेरिकाको अन्तराष्ट्रिय छवीमा कालो लागेको थियो ।