पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

एमालेका सुहाङसँग कांग्रेस उम्मेदवार २८ सय ५३ मतले पछि

२०८१ वैशाख १७, सोमवार १०:४० बजे

इलाम-  इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले २८ सय ५३ अग्रता कायम राखेका छन्। नेम्वाङ नौ हजार ४ सय ८४ मत प्राप्त लिड गरिरहेका छन्। 

उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको ६ हजार ६ सय ३१ मतका साथ पछ्याइरहेका छन्। स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले चार हजार ९५१ मत प्राप्त गरेका छन्। 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बुले एक हजार ४०१ मत प्राप्त गरेका छन्।