पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

मस्कोमा पक्राउ परेका अमेरिकन पत्रकारलाई थप जेल सजायः मस्को अदालत

२०८० चैत्र १४, बुधवार ०९:५० बजे

मस्को- मस्कोको एक अदालतले वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविचलाई थप जेलमा बस्नु पर्ने सजाय सुनाएको छ ।  

अमेरिकन पत्रकार गेर्शकोबिच अब कम्तिमा जुनको अन्त्यसम्म जासुसीको आरोपमा जेलमा बस्नुपर्ने फैसला गरेको मस्को अदालतका अधिकारीहरूले जनाएको छ । 

३२ वर्षीय अमेरिकी नागरिक गेर्शकोविचलाई सन् २०२३ को मार्चको अन्त्यमा रिपोर्टिङ असाइनमेन्टका क्रममा पक्राउ परेका थिए । सो पछि उनले झण्डै एक वर्ष जेलमा बिताइसकेका छन । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको हिरासत जुन ३० सम्म लम्बिएको छ।

पत्रकार गेर्शकोविच र उनको रोजगारदाता कम्पनि दुबैले रूसको आरोप अस्वीकार गर्दै आएका छन् । र, अमेरिकी सरकारले उनको हिरासतलाई गलत घोषणा गरेको छ।